Logo

सोमबारदेखि खुल्दै मलेसियाको अन्तिम श्रम स्वीकृति, भिएलएनमार्फत नै भिसा स्ट्याम्पिङ

सोमबारदेखि खुल्दै मलेसियाको अन्तिम श्रम स्वीकृति, भिएलएनमार्फत नै भिसा स्ट्याम्पिङ



काठमाडौं । सोमबारदेखि नेपाली कामदारहरु मलेसियाको रोजगारीमा जान पाउने भएका छन् । वैदेशिक रोजगार विभागले यस अघि मलेसियाबाट कलिङ भिसा आएर रोकिएका कामदारहरुलाई भोलिबाट अन्तिम स्वीकृति दिने भएको हो ।

हाल मलेसियाबाट कलिङ भिसा आई अन्तिम स्वीकृतिका लागि जान नपाएका ७ हजारभन्दा बढी कामदार रहेका छन् । उनीहरुलाई सोमबारबाट अन्तिम स्वीकृति प्रदान गरिने भएको छ ।

मलेसिायाको रोजगारीमा जानका लागि भिसा स्ट्याम्पिङ्को काम भने भिएलएन नेपालले नै गर्ने भएको छ । तत्कालिन समयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भिएलएन तथा वान स्टप सेन्टर गैरकानूनी भएको भन्दै त्यसलाई बन्द गराउने भन्दै मलेसिया जान नै रोक लगाएका थिए । तर मलेसिया र नेपालबीच भएको श्रम सम्झौता अनुसार भिएलएनले नै पुनः भिसा स्ट्याम्पिङको काम गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL