Logo

आईएमईले ल्यायो ‘आईएमई तीन दिन खुशीका’ कार्यक्रम, ३० गतेदेखि संचालन हुने

आईएमईले ल्यायो ‘आईएमई तीन दिन खुशीका’ कार्यक्रम, ३० गतेदेखि संचालन हुने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२६ चैत, काठमाडौं । आईएमईले नयाँ वर्ष २०७२ लाई लक्षित गरी ‘आईएमई ३ दिन खुशीका’ नामक सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ल्याउने भएको छ । कम्पनीले यही चैत ३० देखि २०७२ वैशाखसम्म सो कार्यक्राम संचालनमा ल्याउने भएको छ ।

सोही अवसरमा कम्नपीले सम्पूर्ण सेवाग्राही र शुभचिन्तक सबैैमा सुस्वास्थ्य एवम् उतरोत्तर प्रगतिको कामना गर्दै नयाँ बर्षको क्यालेण्डर सहितका केहि प्रवद्र्धनात्मक समाग्रीहरू देशभर रहेका एजेन्ट प्रतिनिधिमार्फत् सेवाग्राहीलाई उपलब्ध गराउने बताएको छ ।
आफनो स्थापनाकाल देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहँुचसम्म पुर्याउन प्रतिबद्व आईएमई वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाएको रेमिटेन्स रकमको परिमाणका आधारमा नेपालको नम्बर १ रेमिटेन्स कम्पनीको रुपमा स्थापित छ ।

सेवा शुभारम्भको १४औं वर्षसम्ममा नेपाल प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ३ हजार २ भन्दा बढी एजेन्ट/सब–एजेन्ट रहेका छन् । यसैगरी, १ सय १० आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL