Logo

दैनिक भित्रन्छ ४ अर्ब रेमिटान्स, घट्दै वैदेशिक रोगारीमा जाने नेपाली

दैनिक भित्रन्छ ४ अर्ब रेमिटान्स, घट्दै वैदेशिक रोगारीमा जाने नेपाली



काठमाडौं । नेपालमा दैनिक ४ अर्ब रुपैयाँभन्दा बढी रेमिटान्स भित्र्ने गरेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांक अनुसार नेपालमा दैनिक ४ अर्ब ५० लाख रुपैयाँभन्दा बढी रेमिटान्स भित्र्ने गरेको हो ।
यस अघिका वर्षमा नेपालबाट रोजगारीका लागि कामदार बाहिरिने क्रम बढेसँगै देशमा रेमिटान्स भित्र्ने क्रम उच्च रुपमा बढ्दै आएको छ । सोही अनुरुप समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ भित्रिएको छ ।

laxmi

अघिल्ला वर्षमा नेपालबाट रोजगारीका लागि बाहिरिने क्रम बढेपनि चालू आर्थिक वर्षमा भने घट्दो ट्रेन्डमा रहेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८६,९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १८४,२७८ रहेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३५१,७६१ र १९२,५५९ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL