SCT


GBIME

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुँदै, अब वर्किङ भिसामा बेलायत जान पाईने


बिजखबर संवाददाता
17 August, 2022 3:16 pm

काठमाडौं । नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

NLIC
Lamxi_bank

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL