Logo

प्रयोगात्मक शिक्षामा जोड सरोकारवालाको माग, अध्ययन ननुसन्धान आवश्यक

प्रयोगात्मक शिक्षामा जोड सरोकारवालाको माग, अध्ययन ननुसन्धान आवश्यक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

काठमाडौं ३०, भदौं । संस्कृतिविद सत्यमोहन जोशीले शिक्षण संस्थाहरुले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । राष्ट्र निर्माणका लागि सैैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक र प्रयोगात्मक शिक्षाको खा“चो रहेकाले त्यसतर्फ ध्यान दिन शिक्षण संस्थाहरुलाई उनले आग्रह गरेका हुन । बुधवार ललितपुरमा आयोजित श्रमिक शान्ति क्याम्पसको आठौं वार्षिकोत्सव समारोहमा जोशीले यस्तो बताएका हुन ।

आधुनिक शिक्षामा मौलिक भाषा संस्कृतिले उचित स्थान नपाएकोमा उनले गुनासो गरे । मौलिक सम्पदा र सास्कृतिक धरोहरमा नेपाल विश्वमै धनी रहेको बताउदै त्यसको जर्गेनाका लागि स्कुल कलेज तहबाटै विद्यार्थीहरुलाई अध्यापन गराउनु पर्ने बताए । उनले भने, ‘विभिन्न धर्म, संस्कृति, भाषामा विद्यार्थीहरुलाई अध्ययन र अनुसन्धान गर्न लगाउनु प¥र्यो ।’ विद्यार्थीहरुमा विभिन्न किसिमको प्रतिभा हुने भएकाले त्यस्ता प्रतिभा पहिचान गरी सोही किसिमको शिक्षा दिक्षा दिन पनि उनले शिक्षकहरुलाई आग्रह गरे । अहिलेको शैक्षिक क्षेत्र निकै प्रतिश्पर्धि बनेको भन्दै उनले भने, ‘अहिलेको समय नया“ श्रृजना र प्रयोगको हो ।’

शिक्षा समाजको आखा भएकाले मुलुकको त्यो बीना राष्ट्र विकास सम्भव नभएको सभासद चन्द्र महर्जनले बताए । उनका अनुसार समाजलाई अघि बढाउनका लागि सबैतिर शिक्षाको ज्योति फैलाउनु आवश्यक रहेको र त्यो जिम्मेवारी शौक्षिक संस्थाले लिनुपर्छ । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिको अध्ययन हरिकृष्ण व्यञ्जनकारले आफूहरु निरन्तर रुपमा शिक्षाको गुणस्तर वृद्धिमा लागिरहेको बताए । समुदाय विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा श्रमिक शान्ति क्याम्पस स्थापना भएको जानकारी दिदै उनले भने, ‘श्रमिक शान्ति क्याम्पसले शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गछौ ।’

यस्तै, क्यापस प्रमुख ब्रजभुषण रायले शिक्षाको गुणस्तर वृद्धिमा आफूहरु सबै कटिवद्ध रहेको बताए । निजी क्याम्पसहरुको तुलनामा श्रमिक शान्ति क्याम्पसमा शुल्क कम भए पनि गुणस्तरमा कमी नभएको दाबी गरे । उनले भने, ‘श्रमिक शान्ति क्याम्पसले शिक्षाको गुणस्तरमा कहिल्य सम्झौता गर्दिन ।’

२०१२ सालमा श्रमिक शान्ति स्कुल स्थापना भएको हो । यो संस्थाले ०५३ सालमा उच्चमावि र ०६४ सालबाट स्नातक तह सञ्चालन गर्दै आएको छ । ललितपुरको ज्यासलमा अवस्थित यो क्याम्पस समुदायद्वारा सञ्चालित छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL