Logo

५१ महिला उद्यमी सम्मानित, महिला सञ्चालित उद्योग सफल : उद्योगमन्त्री

५१ महिला उद्यमी सम्मानित, महिला सञ्चालित उद्योग सफल : उद्योगमन्त्री


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

२५ जेठ,काठमाडौं । उद्योग मन्त्रालयले ५१ जना महिला साना तथा लघु उद्यमीलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमबीच उद्योगमन्त्री महेश बस्नेतलाई साना तथा लघु उद्यमका क्षेत्रमा योगदान पुर्याएका ती उद्यमीलाई नगद रु.५ हजारसहित सम्मान गरेका थिए ।
सो अवसरमा मन्त्री महेश बस्नेतले देशका विभिन्न स्थानमा महिलाले सञ्चालन गरेका लघु उद्योग सफल पाइएको र त्यस्ता उद्योग प्रवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताए ।

‘स्वदेशी उत्पादनको महत्व बढाउन सरकारी निकायले तिनको अनिवार्य प्रयोग गर्ने निर्देशिका जारी भइसकेको छ, उनले भने, अव अव विस्तारै लागु गर्ने छौं ।

उनले सार्वजनिक खरिद बिक्री ऐनमा केही संशोधन गर्न आवश्यक भएको बताए । मन्त्री बस्नेतले भूकम्पका कारण ५० उद्यमीको मृत्यु भएको तथा धेरै उद्योगमा क्षति पुगेको जानकारी दिए ।
साथै पीडित उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउन छलफल भइरहेको र आगामी दिनमा उद्योगको अनिवार्य बिमाको व्यवस्था गरिने बताए ।

कार्यक्रममा उद्योग सचिव जयमुकुन्द खनालले मुलुकमा साना तथा लघु उद्योगको विकास भएमा मात्र देशको अर्थतन्त्र बलियो हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL