Logo

मंसिर ९ गते उद्योग दिवस मनाइने, शुक्रवारदेखि गृहकार्य सुरु

मंसिर ९ गते उद्योग दिवस मनाइने, शुक्रवारदेखि गृहकार्य सुरु


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२० चैत,काठमाडौं । सरकारले प्रतेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निणर्य गरेको हो ।

बैठकले मंसिर ९ गते औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्याक्ति घोषणा तथा उनीहरुलाई पुरस्कृत गरिने समेत बताएको छ । उद्योग दिवसका लागि उद्योग मन्त्रालयले आजैबाट गृहकार्य थालेको जानकारी दिएको छ ।

अधिकतम रोजगारी, राजश्व, स्वदेशी कच्चा पदार्थ प्रयोग तथा स्वदेशी वस्तु निर्यात, हस्तकला तथा परम्परागत क्षेत्रका व्यवसाय सञ्चालन लगायतका आधारमा ‘विशिष्ट औद्याृगिक व्याक्ति’ चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL