Logo

एनआईसीसीआईले नेपाल र इटालीबीच व्यापार र पर्यटन प्रर्वद्धन गर्ने

एनआईसीसीआईले नेपाल र इटालीबीच व्यापार र पर्यटन प्रर्वद्धन गर्ने



काठमाडौं । नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले नेपाल र इटालीबीच व्यापार, संस्कृति र पर्यटन प्रर्वद्धन गर्ने भएको छ । यसबारे आयोजना गरिएको द्विपक्षीय बैठकमा नेपालमा व्यापार विकास र लगानीबारे छलफल भएको हो ।

laxmi

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व गरेको उक्त बैठकमा नेपाल, भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुका, इटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, इटालीको लागि दिल्लीका महावाणिज्य दूत र इटालीका लागि नेपालका महावाणिज्य दूत श्रीमती प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो ।

एनआईसीसीआईका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ विशेष अतिथिको रुपमा उपस्थित थिए भने अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरू बैठकमा उपस्थित थिए ।

बैठकमा इटालियन राजदूत लुकाले भने– ‘इटालियन दूतावासले इटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ । हामीले इटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवर्द्धन गर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि इटालीमा प्रचार प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।’

उपाध्यक्ष अग्रवालले एनआईसीसीआईले सन् २०३० मा रोममा हुन गइरहेको ‘ग्रान्ड ईन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको बताए । उनले भने, ‘एनआईसीसीआईले आगामी मार्च २०२३ मा इटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL