Logo

नेपाली युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति गठन, अध्यक्षमा रितेश लामिछाने

नेपाली युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति गठन, अध्यक्षमा रितेश लामिछाने



काठमाडौं । नेपाली युवा उद्यमी मञ्च को १८ औं वार्षिक साधारण सभा सम्पन्न भएके छ उक्त सभा शुक्रबार काठमाडौंको नक्साल स्थित मेरिएट होटलमा सम्पन्न भएको हो । सो सभाको मुख्य विषयवस्तु “ENHANCEˮ रहेको थियो । निर्धारित लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यस वर्षको सबैजसो क्रियाकलापहरु आयोजना गरिएको थियो ।

laxmi

जसमा सदस्यहरुको सञ्जाल, च्याप्टर सवलिकरण, संस्थाको गन्तव्य र तीन वटै तहका सरकारी निकायमा बलियो प्रभाव तथा समन्वय स्थापित गर्नुरहेको थियो । यसैगरी कार्यक्रमहरुलाई परिष्कृत गर्दै मान्यता सिर्जना मार्फत सदस्यहरुको सन्तुष्टी अभिवृद्धि गरी टीमको बलबाट सन् २०२५ को लक्ष्य प्राप्ति गर्नु रहेको छ ।

उक्त कार्यक्रमको उद्घाटन माननीय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले गरेका थिए । उक्त कार्यक्रममा मुख्य अतिथी प्रतिष्ठित उद्योगपति चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै सो अवसरमा नयाँ राष्ट्रिय परिषदको समेत गठन भएको छ ।

नयाँ कार्य समिति गठन प्रक्रियामा अध्यक्षमा रितेश लामिछाने, निवर्तमान अध्यक्ष उदीप श्रेष्ठ, प्रथम उपाध्यक्ष सहारा जोशी, द्वितीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, महिला उपाध्यक्ष,. निभिता प्रधान र कार्यकारी सदस्यहरुमा सुदिप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभुषण ज्योति कंसाकार र पुनित बैद्य निर्वाचित भएका छन् ।

सो अवसरमा मञ्चबाट विगतमा गरिएका क्रियाकलाप र भावी योजनाहरु प्रस्तुत गरिएको थियो । नव निर्वाचित अध्यक्ष रितेश लामिछानेले सन् २०२२–२३ को लागि आफ्ना बिचारहरु राखे । र यस वर्ष सम्पूर्ण च्याप्टरहरु लगायत काठमाडौँमा बृहत मेड इन नेपाल प्रदर्शनी गर्ने प्रतिबध्धता जनाए । साथै अन्य सदस्यज्यूहरुले युवाहरु माझ उद्यमशीलतामा जोड दिदै मञ्चको मूल्य मान्यता अनुसार लक्ष्य प्राप्तिमा एकवद्ध भएर अगाडि बढ्ने अठोट व्यक्त गरे ।

एनवाईईएफले आफ्नो मुख्य चासोलाई बढावा दिदैं सकारात्मक सोच र सफल देश नेपाललाई निरन्तर अगाडि बढाउने छ र युवा तथा युवा उद्यमीहरुका लागि उदाहरणीय रुपमा कार्य गरी अगाडि बढ्ने प्रयास गरिरहने छ । एन.वाई.ई.एफ.ले निरन्तर रुपमा युवा उद्यमीहरुलाई विभिन्न कार्यव्रmमहरुका मार्फत सहयोग गरिरहेको छ जसमा महिला युवा उद्यमी सम्मेलन, इन्टरप्राइज, लिडर प्रोजेक्ट, उद्यमशीलता विश्व कप, विश्वव्यापी विद्यार्थी उद्यमी पुरस्कार र मेड इन नेपाल क्याम्पिङ्ग जस्ता कार्यव्रmमहरु आयोजना भएका थिए ।

नयाँ कार्य समितिले युवा उद्यमीहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवद्र्धनमा जोड दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL