Logo

प्रभु क्यापिटलद्धारा शेयर बजारसम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन, २५० सहभागीलाई तालिम

प्रभु क्यापिटलद्धारा शेयर बजारसम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन, २५० सहभागीलाई तालिम



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । शनिबार वीरगञ्जस्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ), वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको क्यापिटलले जानकारी दिएको छ छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो ।

laxmi

कार्यक्रममा एनवाइएफका संस्थापक अध्यक्ष अरबिन्द अमात्यले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको प्रमुख अतिथिमा उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारी सदस्य तथा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष अशोक टेमानी रहेका थिए ।

प्रमुख अतिथि टेमानीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै सहभागीहरुलाई शेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी सहितको मन्तव्य राखेका थिए । कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रमको बारेमा प्रकाश पार्दै क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आगामी दिनमा अझै व्यापक रुपमा यस्ता कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिए ।

आयोजनाको सम्पूर्ण तयारी गरेको नेप्लिज योंग इन्टरप्रेनर्स फोरम वीरगञ्ज च्याप्टरका अध्यक्ष श्री अनुप अग्रवालले आगामी दिनहरुमा वीरगञ्जका युवाहरुलाई व्यवसायिकतातर्फ सशक्त रुपमा अगाडि बढाउन यस्ता किसिमका कार्यक्रमहरु आयोजना गरिराख्ने जानकारी दिए । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL