Logo

दुबईको अल फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने दिपकले जिते २ लाख

दुबईको अल फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने दिपकले जिते २ लाख



काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको ‘दशैं तिहार बम्पर धमाका’अन्तर्गत दिपक राम टमाटाले रु। २ लाख जित्न सफल भएका छन् ।

laxmi

सो योजनाअन्तर्गत दुबईको अल फर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा दोस्रो बिजेता स्वरूप रु। २ लाख जित्न सफल भएका हुन् । यस योजनामा बिजेता छनोट लक्की ड्रमार्फत गरिएको थियो जसअन्तर्गत सिटी एक्स्प्रेसबाट पैसा पठाएर ८ जनाले कलर टिभी, ४ जनाले माईक्रोवेभ ओभन, ४ जनाले ब्लेन्डर, ५ जनाले राइस कुकरलगायत ६ जनाले इलेक्ट्रीक केट्टल जस्ता घरेलु उपकरणहरु जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL