Logo

नोकिया ३.४ नेपाली बजारमा आउँदैं, १८,६९९ रुपैयाँमा उपलब्ध हुने

नोकिया ३.४ नेपाली बजारमा आउँदैं, १८,६९९ रुपैयाँमा उपलब्ध हुने



काठमाडौं । नोकिया फोनहरूको होम्स, एचएमडी ग्लोबलले नोकिया ३.४ घोषणा गरेको छ । नोकिया ३.४ले स्थिर प्याकेजमा विश्वसनीयता, प्रिमियम डिजाइन र एन्ड्रोइडको सर्वश्रेष्ठ संयोजनको लागि सफल यात्रा जारी राख्दै उत्कृष्ट मूल्य सीमालाई प्रेरित गर्दछ ।

लामो समयदेखि प्रतिक्षा गरिएको नोकिया ३.४ एक शक्तिशाली प्रोसेसरको साथमा आएको छ । सबैैभन्दा नयाँ क्वालकाम स्नैपड्रैगन ४६० मोबाइल प्लेटफार्म रहेकाले यो मोवाइलले सुलभ मूल्य बिन्दुमा कडा प्रदर्शन अपग्रेड गरेको हो ।

नोकियाको यो श्रृंखलामा पहिलो पञ्च-होल डिस्प्लेको साथ अल्ट्रा-वाइड लेन्स र एआई इमेजिंगको साथ यसमा एक शक्तिशाली ट्रिपल रियर क्यामेरा छ । यो अतिरिक्त स्क्रिन रियल स्टेटसँग जोडिएको छ यसमा दुई दिनसम्म टिक्ने ब्याट्री भएकाले तपाईले लामो समय प्रयोग गर्न सक्नुहुन्छ ।

नोकिया ३.४ एन्ड्रोइड वनको साथ छ । यसमा तीन बर्षको मासिक सेक्यूरिटी अपडेट र दुई बर्षको ओएस अपग्रेड छ । यो फोनलाई—प्रीमियम, टाइमलेस डिजाइनको साथ स्टनिंग नोर्डिक प्रेरित इरिडसेन्ट रंगले समेटेको छ ।

पछिल्लो जेनेरेसनको तुलनामा ७० प्रतिशत प्रदर्शन अपग्रेडको लागि नयाँ क्वालकाम स्नैपड्रैगन ४६० मोबाइल प्लेटफर्म रहेकाले गेमिङका लागि उत्कृष्ठ रहेकोे छ । ६.३९ इन्च एचडी प्लस स्क्रिनको साथमा पञ्च—होल डिस्प्लेले अधिक स्क्रीन रियल इस्टेट पनि दिन्छ, जसले अधिकतम काम र मनोरन्जन दिने कम्पनीको दावि छ ।

नोकिया ३.४ को ट्रिपल क्यामेरा एआई इमेजिंगको साथ उत्तम शट लिन सकिनेछ । पोट्रेट मोडको कलात्मक पृष्ठभूमि ब्लर इफेक्टले फोकस एडजस्ट गर्ने अनुमति दिन्छ जसले प्रो जस्तै तस्वीर खिच्न सकिन्छ ।

नाइट मोडको शक्तिशाली छवि फ्यूजन र एक्सपोजर स्ट्याकिंगको साथ कम प्रकाशमा पनि प्रत्येक बस्तु क्याप्चर गर्न सकिनेछ । साथै, ५ एमपी अल्ट्रा—वाइड क्यामेराको साथ एक शटमा अधिक अटाउन सकिन्छ ।

नोकिया ३.४ मा थ्रीडी नानो-टेक्स्चर्ड रियर कभर छ । यसमा स्टनिंग फिनिश छ । नोकिया ३.४ नयाँ ग्रे रंगमा छ । साथै, पूर्ण रीसायकल योग्य डाई—कास्ट धातु चेसिस र सिमलेस टिकाऊ संरचनाले फोनलाई प्रीमियम बनाएको छ ।

यसमा एन्ड्रोइड १० ले प्रस्ताव गर्न हरेकको आनन्द लिन सकिने कम्पनीको भनाई छ ।

नोकिया ३.४ देशभर २२ नोभेम्बर (७ मंसिर) देखि उपलब्ध हुनेछ र यो ग्रे रंगमा ३ जीबी+६४जीबी मेमोरी र स्टोरेज कन्फिगरेसनको साथ रु १८,६९९ मूल्यमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL