Logo

शाओमीको मी राउटर ४सी नेपालमा, नेपालमा पहिलो स्मार्ट राउटर उपलब्ध भएको दाबी

शाओमीको मी राउटर ४सी नेपालमा, नेपालमा पहिलो स्मार्ट राउटर उपलब्ध भएको दाबी



काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा मी राउटर ४सी सार्वजनिक गरेको छ । मी राउटर ४सी का साथ, शाओमीले आज देशको अन्य श्रेणीमा प्रवेश गरेको छ । यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाई-फाई एपबाट पहुँच गर्न सकिन्छ ।

laxmi

प्रत्येक घरको सेटिंगमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएको मी राउटर ४सी तपाईंको लागि उचित होम नेटवर्क कनेक्सन हो । यो विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न ४उच्च-लाभ बाह्य एन्टेनाले सुसज्जित छ । यसको साथै, ८०२.११एन वाईफाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४सी अधिकतम ३००एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्दछ ।

यसमा भएको डुअल कोर सीपीयू र ६४एमबी ठुलो ¥यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्दछ । मी वाई—फाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंग्क्शन एरेमा पहुँच गर्न सक्दछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी नेपालमा गैर—स्मार्टफोन उत्पादनहरु भित्र्याउन र यसै प्रकृयामा सबैलाई नवीनतम प्रविधि ल्याउँन प्रतिबद्ध छौं । देशमा द्रुर्त वृद्धि भइरहेको इन्टरनेट जनसंख्याका साथ हामीले वर्तमान राउटर बजारमा केहि कमी देख्यौं ।

आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मुल्यका साथ मी राउटर ४सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याउने छ ।’ मी राउटर ४सी रु २३९९ मुल्यमासबै मी प्रिफर्ड पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL