आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई एसियन लिडरसिप अवार्ड

aamo_ward

काठमाडौँ । आइएमइ ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् ।

एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन संघद्धारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सो सम्मान प्रदान गरेका हुन् ।

राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यावसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका एकजना कुशल व्यवस्थापकलाई आमोले यो अवार्ड प्रदान गर्ने गर्दछ ।

सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो ।


नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमइ बैंक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकाललाई नेपालको व्यावसायिक क्षेत्रमा उनको कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि यो अवार्ड प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।

अवार्ड प्राप्त भएपछि ढकालले आफूलाई यस अवार्डले आगामी दिनमा कामगर्न अझ उत्साह र प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

उनले यो अवार्ड आफूले प्राप्त गरे पनि वास्तवमा नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको एक सम्मान हो भएको बताए ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status