Logo

भुकम्प पिडितलाई बजाजको १६ करोड सहयोग, हुलासमार्फत तत्कालिन राहत वितरण

भुकम्प पिडितलाई बजाजको १६ करोड सहयोग, हुलासमार्फत तत्कालिन राहत वितरण


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२९ जेठ, काठमाडौं । भारतीय मोटर निर्माता कम्पनी बजाज अटो लिमिटेडले नेपालका भुकम्प पिडितहरुको पुनर्निर्माण र पुनस्र्थापनाका लागि १६ करोड रुपैयाँ दिएको छ । कम्पनीले भारतीय प्रधानमन्त्री राहत कोषमार्फत नेपालको प्रधानमन्त्री राहतकोषमा सो रकम उपलब्ध गराएको हो ।

साथै, बजाज अटो लिमिटेडले गरिव तथा स्वरोजगार महिलाहरुको लागि काम गरिरहेको गैरसरकारी संस्था सेवालाई ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त संस्थाले भूकम्पबाट धेरै प्रभावित ललितपुर जिल्लामा पर्ने खोकना गाउँमा केन्द्रित रहेको काम गरिरहेको छ ।

‘नेपालले अकल्पनिय प्राकृतिक विपत्तिको सामना गर्नु परेको छ,’ बजाज अटो (अन्तर्राष्ट्रिय व्यापार शाखा) का अध्यक्ष राकेश शर्माले भने, ‘यस्तो समयमा हामी नेपालमा रहेका हाम्रा मित्रहरुको साथ छौं र यो सानो सहयोग उनिहरु प्रतिको हाम्रो साथको प्रतिबद्धता हो ।’ बजाज अटोको लागि नेपाल अत्यन्तै महत्वपूर्ण राष्ट्र भएको बताए ।

नेपालका सडकमा बजाजका ३ लाख ५० हजारभन्दा बढी मोटरसाईकलहरु कुद्ने गर्दछन् । साथै, आफ्ना ग्राहक, डिलर, विक्रेता तथा प्राविधिकहरु संग मिलेर भूकम्पिय क्षेति पुगेका सवारी साधनका जति सक्दो छिटो मर्मत गर्न प्रयासरत रहेको समेत उनले जानकारी दिए ।

कम्पनीको नेपालमा रहेका आधिकारीक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी मार्फत वितरित तत्कालिन राहत पीडितसम्म पुगोस् भनि सुनिश्चित गरिएको समेत शर्माले जानकारी दिए ।

राष्ट्रको पुनर्निर्माण र पुनस्र्थापनको लागि बजाजले गरेको अमूल्य योगदान प्रति आफुहरु धेरै कृतज्ञ भएको हंसराज हुलासचन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए । ‘हामी बजाजसंग सहकार्य गर्न पाएकोमा अत्यन्त आभारी छौं,’ उनले भने, ‘हामी यो संस्थाको नेपालमा राहत वितरणका लागि समर्थन गर्ने प्रतिबद्धता जनाउँछौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL