Logo

जस्तापाता आयातमा ५० प्रतिशत भन्सार छुट, ४ वटै कार्याललाई सर्कुलर जारी

जस्तापाता आयातमा ५० प्रतिशत भन्सार छुट, ४ वटै कार्याललाई सर्कुलर जारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ जेठ, काठमाडौं । सरकारले जस्तापाता आयातमा भन्सार छुट दिने भएको छ । भुकम्प पिडित जनतालाई सहज रुपमा जस्तापाता उपलब्ध गराउनका लागि हाल लाग्दै आएको भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

विहीबार अर्थमन्त्रालयले मन्त्री स्तरिय निर्णय गरेर भन्सार छुट दिन भन्सार विभागलाई पत्रचार गरेको छ । जस्तापाता आयातमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा आगामी दिनमा १५ प्रतिशत मात्र लाग्ने छ ।

यस्तै, भन्सार विभागले पनि जस्तापाता आयात हुने ४ वटै भन्सार कार्यालयलाई छुट दिन सर्कुलर दिइसकेको बताएको छ । हाल विरगञ्ज, विराटनगर, भैरहवा र सुख्खा बन्दरगाह पर्साबाट जस्तापाता आयात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL