Logo

भरतपुरमा पनि बाजेको सेकुवा, शुक्रबार उद्घाटन

भरतपुरमा पनि बाजेको सेकुवा, शुक्रबार उद्घाटन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ जेठ, काठमाडौं । बाजेको सेकुवाले चितवनको भरतपुरमा आफ्नो नयाँ शाखा खोलेको छ । सेकुवाको पारखीहरुलाई लक्षित गरी उपत्यका वाहिर पनि फ्रेन्चाईज मोडलमा शाखा विस्ता गरेको कम्पनीले बताएको छ ।

शुक्रबारदेखि विधिवत रुपमा शाखा संचालनले ल्याइने उक्त शाखामा सेकुवा, तास लगायत विविध नेपाली खाजा तथा खानाको स्वाद लिन सकिने छ ।

भरतपुरिस्थत उक्त शाखा बाजेको सेकुवाको काठमाडौं उपत्यका वाहिरको दोस्रो फ्रेन्चाइज शाखा हो । यस अघि बाजेको सेकुवाले उपत्यका वाहिर पहिलो फ्रान्चाईज पोखरामा खोलेको थियो ।
हाल ५ वटा पूर्ण स्वामित्वमा सञ्चालित शाखा सहित ९ वटा शाखाहरु विस्तार भएको छ ।

घरेलु कम्पनीले नेपालमा फ्रेन्चाइज मोडलमा शाखा विस्तार गरेको यो नै पहिलो भएको बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले बताए । उक्त शाखा रामचन्द्र केसी र दिपेन्द्र केसीको स्वामित्वमा रहनेछ ।

यसैगरी कम्पनीका प्रमुखकार्यकारी अधिकृत सुशिल खड्काले आगामी आर्थिक वर्षभित्र देशभर फ्रेन्चाइज मोडलमा थप ८ वटा शाख विस्तार गरिने बताए । उनले बाजेको भेञ्चरले नेपाली उपभोक्ताका लागि सुपरमार्केट र खुद्रापसलहरु मार्पmत निकट भविष्यमा प्याकेज्ड मिट तथा मसला पनि बजारमा ल्याउने तयारी गरिररहेको जानकारी दिए । साथै, लाजिम्पाटमा पनि यही आर्थिक वर्षको अन्त्यदेखि सञ्चालनमा ल्याइने उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL