Logo

एसएमएसबाट राहत संकलनमा विज्ञापन संघ, टेलिकम र एनसेलसँग सहकार्य

एसएमएसबाट राहत संकलनमा विज्ञापन संघ, टेलिकम र एनसेलसँग सहकार्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
३० वैशाख, काठमाडौं ।
नेपाल विज्ञापन संघले एमएमएस मार्फत विज्ञापन संकलन कार्य शुरु गरेको छ । संघले नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरी एमएमएम मार्फत राहत रकम संकलन शुरु गरेको हो ।
महा भुकम्पबाट क्षतिग्रस्त भएको भौतिक पूर्वाधारको पुन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले दुरसंचार प्राधिकरणको निर्णय अनुसार नेपाल टेलिकम र एनसेलको सहयोग र नेपाल विज्ञापन संघको संयोजनमा विगतमा जस्तै मोवाईलवाट एसएमएस डोनेशन अभियान सञ्चालन गरेको संघका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । जसअनुसार नेपाल टेलिकम र एनसेलको प्रयोगकर्ताहरुले म्यासेज बक्समा गई हेल्प टाईप गरी १५०२५ मा एसएमएस पठाएर २५ रुपैयाँ डोनेशन गर्न सक्नेछन् । त्यस्तै, १५०५० एसएमएस गरी ५० रुपैयाँ र १५१०० मा एसएमएस गरी १ सय रुपैयाँ सहयोग गर्न सक्ने व्यवस्था गरीएको छ । यसरी जम्मा भएको रकम प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा गर्ने जानकारी दिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL