Logo

पञ्चकन्याले ल्यायो चिसोपानीका लागि युपीभीसी पाइप, ५० वर्ष सम्म टिक्ने

पञ्चकन्याले ल्यायो चिसोपानीका लागि युपीभीसी पाइप, ५० वर्ष सम्म टिक्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ चैत, काठमाडौं । पञ्चकन्या समूहले चिसोपानीको लागि उपयुक्त यूपीभीसी प्लम्बिङ पाईप तथा फिटिङ बजारमा ल्याएको छ । सो समुहले नेपालमै पहिलो पटक चिसोपानीका लागि उपयुक्त युपीभीसी पाईप बजारमा ल्याएको जानकारी दिएको छ ।

कम्पनीले बजारमा ल्याएका पाईपहरुमा ब्याक्टेरिया फ्रि हुनुका साथै लिड फ्रि, नन–कोरोसिब, नन–टक्सिक, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरु रहेको छ । यस्ता पाईप तथा फिटिङ्गसहरु वातावरणीय अनुकूल र स्वास्थ्यको हिसावले आति उत्तम मानिने कम्पनीले जानकारी दिएको छ ।

उक्त पाईपहरु चिसो पानीको लागि अति उपयोगी हुने र ठूला भवन, अपार्टमेण्ट, हस्पिटल, स्वीमिङ पुल जस्ता संरचनाहरुमा प्रयोग गर्न सकिने छ । ती पाईपहरु कम्तिमा ५० वर्षसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL