Logo

८ वर्ष विते पनि पूरा हुन सकेन प्रसारण लाईन

८ वर्ष विते पनि पूरा हुन सकेन प्रसारण लाईन



काठमाडौं । सिंगटी– लामोसाँघु प्रसारण लाइन अलपत्र परेको छ ।

दुई वर्षमा पूरा गर्ने गरी ८ वर्षअघि ठेक्का सम्झौता भएको उक्त आयोजना अहिलेसम्म पुरा हुन नसक्दा अलपत्र परेको हो ।

प्रसारण लाइन नबन्दा सिप्रिङ खोला लगायतको बिजुली खेरगइरहेको छ भने यसबाट लगानीकर्ताले विगत पाँच वर्षदेखि करोडौं रुपैयाँको वार्षिक घाटा व्यहोर्दै आएको छ ।

१३२ केभी क्षमताको प्रसारण लाइन ठेकेदारको लापरबाही र सरकारको बेवास्ताले अहिलेसम्म निर्माण हुन सकेको छैन । प्रसारण लाइन निर्माणको जिम्मा पाएको भारतीय कम्पनी अरावली इन्फ्रा पावरले आर्थिक संकट देखाउँदै काममा ढिलाइ गर्दै आएको छ ।

स्थानीयवासीका अनुसार, ठेकेदारसँग प्राधिकरणले ४ पटक सम्झौता नवीकरण गरिसकेको छ । चौंथो पटक थपिएको समयानुसार २०७५ जेठमा काम पूरा गरिसक्नु पर्नेछ तर, उक्त समयमा पनि प्रसारण लाइनको काम पूरा नहुने अवस्थामा रहेको छ ।
विसं २०६७ बाट निर्माण थालिएको प्रसारण लाइन शुरुका दुई वर्ष तीव्र गतिमा अघि बढेको थियो । विसं २०६९ देखि २०७३ चैतसम्म आर्थिक संकट देखाउँदै ठेकेदारले पूर्णरूपमा निर्माण कार्य रोक्यो ।

ठेकेदारले निर्माण रोकेको समयमा जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत काम भने नरोकिएको प्राधिकरणले जनाएको छ ।
निर्माणको प्रगति सिंगटी–लामोसाँघु प्रसारण लाइनको ४० प्रतिशत काम पूरा भएको प्राधिकरणको दाबी छ ।
दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघु ९४० किलोमिटर सम्म १ सय २५ वटा टावर निर्माण गरिनेछ । टावर ठड्याउन ४० वटाको फाउण्डेसन तयार भएको आयोजनना प्रमुख राजन ढुङगेलले बताएका छन ।

भारतीय कम्पनी अरावलीले काम नगरेपछि खानी खोला १ का प्रबद्र्धक भारतमै पुगेर आफैं काम गर्ने गरी २०७१ सालमै सम्झौता गरेका हुन ।
सिंगटीमा नयाँ सवस्टेसन निर्माण गर्ने र विद्यमान लामोसाँघु सवस्टेसनको स्तरोन्नति गर्ने योजना छ, आयोजनना प्रमुख ढुङगेलले भने ।

प्रसारण लाइनको कूल लागत रु ४२ करोड अनुमान गरिएको छ । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL