Logo

भिषा एलायन्स नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना, रेकर्ड संख्यामा रक्तदान

भिषा एलायन्स नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना, रेकर्ड संख्यामा रक्तदान



काठमाडौं । भिषा एलायन्स नेपाल, सोह्रखुट्टे र स्मार्ट एरोबिक्सको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘मानव धर्म पुण्य काम, गरौं हामी रक्तदानको’ को नारासहित शुक्रबार काठमाडौं महानगरपालिका–१६ स्थित फलफूल चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रेकर्ड संख्यामा रक्तदान भएको थियो ।

कार्यक्रम आयोजक तथा भिषा एलायन्स नेपालका डाइरेक्टर सनिर कुमार महर्जनका अनुसार सो रक्तदान कार्यक्रममा २६० रक्तदाताले रक्तदान गरेका थिए । कुनैपनि संस्थाहरुले गर्ने रक्तदान कार्यक्रममा एकैपटक २६० पिन्ट रगत संकलन भएसँगै रेकर्ड संख्यामा रक्तदान भएको जानकारी रक्तसंकलकहरुले दिएको पनि उनले बताए ।

भिषा एलायन्स र स्मार्ट एरोविक्सको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा सहभागी संस्था मसेल नेवाः खलः, भिमसेन थापा गापा–१, मसेल, गोरखा, संयम बचत तथा ऋण सहकारी संस्था, नयाँबजार, काठमाडौं, स्मार्ट बचत तथा ऋण सहकारी संस्था, काठमाडौं प्याथल्याब का साथै सहयोगी संस्था काठमाडौं मेट्रो ब्लड बैंक र ब्लोदान काठमाडौंले विशेष सहयोग गरेका थिए ।

कार्यक्रममा सहभागी हरेक रक्तदाताका लागि भिषा एलायन्सले स्वंय रक्तदाताकै तस्वीर प्रिन्ट भएको कप, डायरी, कलम, टिसर्टलगायत उपहार प्रदान गरेको थियो । अघिल्लो वर्षपनि २०७ रक्तदाताले रक्तदान गर्दै सफल कार्यक्रम आयोजना भएको र यो वर्षको सफलताले थप हौसला मिलेको भन्दै सामाजिक हितका लागि हरेक वर्ष अभियानकै रुपमा कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको आयोजक महर्जनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्