Logo

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ‘प्रेम दरबार’ मा विशेष छुट

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ‘प्रेम दरबार’ मा विशेष छुट



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता र कर्मचारीहरूले अब ‘प्रेम दरबार होटल’ मा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन्।

आईएमई लाइफ र प्रेम दरबार प्रा.लि.बीच हालै सम्पन्न सहमतिपत्रअनुसार, बीमितले होटलको जिपलाइन टिकटमा ५० प्रतिशत र अन्य सम्पूर्ण सेवाहरूमा ३५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको हो।

कम्पनीले ग्राहक सेवा अनुभूति थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो छुट सुविधा ल्याएको हो। आईएमई लाइफ मोबाइल एपमा उपलब्ध ‘प्रिभिलेज कार्ड’ देखाएर बीमितहरूले छुट लिन सक्नेछन्, भने अभिकर्ता र कर्मचारीहरूले कम्पनीको आधिकारिक परिचयपत्र प्रस्तुत गरी सेवा प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्न इच्छुकले प्रेम दरबार होटलको टिकट काउन्टरमा गएर जिपलाइन टिकट खरिद गर्नुपर्नेछ। सेवा प्रक्रिया सहज होस् भन्ने उद्देश्यले कम्पनीले डिजिटल प्रिभिलेज कार्डको प्रयोग सुरु गरेको बताइएको छ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीका लागि सुविधायुक्त र स्तरीय सेवा प्रवाह गर्न निरन्तर विभिन्न नवप्रवर्तन ल्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस्