Logo

तनहुँ हाइड्रोको परामर्शदाता नियुक्ती रद्द गर्ने निर्णय मन्त्रिपरिषद्ले उल्ट्यो, ल्यामेहरले नै काम गर्ने

तनहुँ हाइड्रोको परामर्शदाता नियुक्ती रद्द गर्ने निर्णय मन्त्रिपरिषद्ले उल्ट्यो, ल्यामेहरले नै काम गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ पुस, काठमाडौं । मन्त्रिपरिषद्ले तनहु जलविद्युत् आयोजनाको परामर्शदाता नियुक्ती प्रक्रिया रद्द गर्ने उर्जा मन्त्रालयलको नियर्ण उल्ट्याएको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैैठकले ऊर्जा मन्त्री राधा ज्ञावालीको उक्त निर्णय उल्ट्याएको हो ।

यस उर्जा मन्त्रीको निर्णप्रति प्रमुख लगानीकर्ता एसियाली विकास वैंक (एडीवी) ले विपत्ति राख्दै आएको थियो । मन्त्रिपरिषद्को बैंठकले ऊर्जा मन्त्रीको निर्णय उल्ट्याएसँगै उक्त आयोजनाको परामर्शदाताको काम ल्यामेहरले गर्ने निश्चित भएको छ ।

परामर्शदाता रद्द गरेको विषयमा एडीबी, अर्थमन्त्रालय र ऊर्जा मन्त्रालयबीच विवाद बढेको थियो । केही समय अघि अर्थमन्त्रालयले पनि ऊर्जा मन्त्राललाई परामर्शदाता रद्द गर्ने निर्णयलाई पुर्नविचार गर्न आग्रह गरेको थियो ।

ऊर्जा मन्त्रीले मन्त्रालय स्तरबाटै उक्त निर्णय फिर्ता नलिएपछि मन्त्रिपरिषद्बाट उल्ट्याइएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL