Logo

यती एयरलाइन्सले क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने

यती एयरलाइन्सले क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने



काठमाडौँ । उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ ।

laxmi

यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । विष्टले भने, ‘यस सुविधाले क्यान्सरसँग लडिरहनुभएका हरेक बिरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका छौँ । निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका बिरामीहरूले उपभोग गर्न पाउनुहुनेछ । विराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौँ ।’

निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ । अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिट्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिइन् ।

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेस गर्नुपर्ने एयरलाइन्स जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL