Logo

रेष्टुरेन्टमै बियर उत्पादन गर्ने ढोका खुल्यो, माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट स्थापना गर्ने मापदण्ड सार्वजनिक

रेष्टुरेन्टमै बियर उत्पादन गर्ने ढोका खुल्यो, माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट स्थापना गर्ने मापदण्ड सार्वजनिक



काठमाडौं । अब रेष्टुरेन्टमै बार्षिक ३ लाख लिटर वियर उत्पादन गरेर विक्रि वितरण गर्न पाईने भएको छ । संचालन गर्ने मापदण्ड नहुँदा लामो समयदेखि अन्यौलमा रहेको माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट अब संचालन हुन पाउने भएका छन् । उद्योग विभागले बिहीबार ‘माइक्रो ब्रुअरी सहितको रेष्टुरेन्ट स्थापना गर्ने सम्बन्धी मापदण्ड’ सार्वजनिक गरेपछि यसको ढोका खुलेको हो ।
२ सय जनाका लागि सिट क्षमता भएको रेष्टुरेन्टले आफ्नै प्रयोजनका लागि बार्षिक ३ लाख लिटरसम्म बियर उत्पादन गर्न पाउने व्यवस्था मापदण्डमा छ । यसका लागि रेष्टुरेन्ट संचालन गर्ने अनुमतिसँगै माइक्रो ब्रुअरी स्थापना गर्न रेष्टुरेन्टका लागि २४ सय वर्गफिट, ब्रीयु हाउसका लागि १ हजार २ सय र युटिलिटिजका लागि ९ सय वर्गफिटको क्षेत्रको आवश्यकता अनिवार्य गरिएको छ ।

laxmi

यस्तै यस्ता माइक्रो ब्रुअरीबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा ६ प्रतिशत हुनुपर्ने बताईको छ ।उद्योग विभागले जारी गरेको मापदण्डमा माइक्रो ब्रुअरी स्थापना गर्न पक्की भवन हुनुपर्ने, सर्टिफाईड माल्टको मात्रै प्रयोग गर्नुपर्ने, बियर उत्पादनका लागि आवश्यक पनी गुणस्तरीय हुनुपर्ने, चिनी मिसाउन नपाईनेलगायतका शर्तहरु तोकिएका छन् ।

यस्तै यसको स्थापनाका लागि वातावरणीय प्रभाव मूल्यांकनलगायतका प्रारम्भिव अध्ययन पनि गर्नुपर्नेछ । यसको दर्ताका लागि १० लाख रुपैयाँ धरौटीबमोजिम राख्नुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ । औद्योगिक प्रवद्र्धन बोर्डले यसको लाइसेन्स दिनेगरी व्यवस्था गरिएको छ ।

खासगरी यसको अवधारणा विश्वबजारमा फस्टाउँदै गएपछि नेपालमा भने २०७१ सालतिर सरकारले बढाएको थियो ।
शुरुआतमा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले यसको प्रक्रिया अघि बढाउन जोडढ दिएका थिए । तर, ठुला मदिरा कम्पनीहरु उनको नीतिविरुद्ध थिए ।

त्यति हुँदाहुँदै पनि २०७२ असोजमा औद्योगिक प्रवर्द्धन न बोर्डले माइक्रो ब्रुअरी सम्बन्धी नीति पारित गर्दै मापदण्ड र नियम बनाएर ७ प्रतिशतसम्म अल्कोहल भएका बियर उत्पादनको अनुमति रेष्टुरेन्टलाई पनि दिने निर्णय पनि गरेको थियो । यसको मुद्धा अख्तियारमा पुगेपछि तत्कालिन अवस्थामा यो रोकिएको थियो । रेष्टुरेन्टले नै आफ्नै ब्रुअरी कम्पनी खोलेर सेवाग्राहीलाई बियर उपलब्ध गराएको अवस्थामा नेपालको व्यापारघाटा कम हुने र पर्यटनमा जोड पुग्ने सम्बन्धित व्यवसायीहरु बताउँछन् ।

[googleapps domain=”drive” dir=”file/d/1aMVCy0D5ddhnozzy2h89B4vQ1U5NCVdE/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL