Logo

डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने ४ ठूला उद्योगको लाइन काटियो, प्रिमियममा आइपीओ ल्याउन लागेको जगदम्बाको सवा ४ अर्व बक्यौता

डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने ४ ठूला उद्योगको लाइन काटियो, प्रिमियममा आइपीओ ल्याउन लागेको जगदम्बाको सवा ४ अर्व बक्यौता



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लामो सयम देखि विवादमा रहेको डेडिकेटेड र ट्रकलाईनको महशुल नतिर्ने ४ ठुला उद्योगको लाईन काटेको छ ।

laxmi

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बक्यौता बाँकी रहेका उद्योगको तत्कालै लाइन काट्न निर्देशन दिएपछि प्राधिकरण एक्सनमा उत्रिएको छ । प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयुक्त समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले बक्यौता नतिर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालको उक्त निर्देशनपछि प्राधिकरणले ४ कम्पनीको लाईन काटेको हो ।

जगदम्बा स्टिल कम्पनीले ४ अर्ब १४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी भएको कारण यस कम्पनीको लाइन काटिएको प्राधिकरण श्रोतले जानकारी दियो । यसैगरी, रिलायन्स कम्पनीले एक अर्ब ९४ करोड रुपैयाँ, घोराई सिमेन्टले १ अर्ब ३६ करोड र अर्गखाँची सिमेन्टले १ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL