Logo

युनिलिभर नेपालको नाफा ९ प्रतिशतले बढ्यो, सेयरधनीले प्रति सेयर १५ सय ८० रुपैयाँ पाउने

युनिलिभर नेपालको नाफा ९ प्रतिशतले बढ्यो, सेयरधनीले प्रति सेयर १५ सय ८० रुपैयाँ पाउने



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्नो नाफा १ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले आफ्नो ३० औं बार्षिक साधारण सभा सम्पन्न गर्दै लाभांस प्रतिफल र कर पछिको नाफा १ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको बताएको हो । यो नाफा गत आर्थिक बर्षको तुलनामा तुलनामा १९ प्रतिशतले बढी हो । यससँगै युनिलिभर नेपालका सेयरधनीहरुले यस वर्ष कम्पनीको हालसम्मकै धेरै लाभांश अर्थात प्रति सेयर १ हजार ५ सय ८० रुपैयाँ पाउने भएका छन् ।

laxmi

युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा आज कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको समुपस्थितिमा सफलतापूर्वक होटल याक एण्ड यतीमा सम्पन्न भएको छ ।

युनिलिभर नेपाल लिमिटेडले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव ‘हरेक घरमा, हरेक मनमा’ भन्ने नाराका साथ मनाइरहेको कम्पनीले जनाएको छ । जसले नेपालका हरेक नेपालीको घरमा उनीहरुको प्रिय ब्राण्ड र उत्पादनको फराकिलो दायरा हुनुलाई प्रतिबिम्बित गर्दछ ।

सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४।२ करोड रुपैयाँबाट बढेर यो वर्ष १८३।४ करोड पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताए । उनले यो अद्भूत सफलता उत्पादनहरुको स्थानीयकरणमा गरिएको प्रयासहरु, प्रभावकारितामार्फत् गरिएको उल्लेख्य लागत बचत, र उपभोक्ताहरुले युनिलिभरको ब्राण्डहरुमा देखाएको अतुलनीय रुचीका कारण प्राप्त हुन सकेकोमा जोड दिनु भएको छ ।

प्रबन्ध निर्देशक अम्लान मुखर्जीले अगाडि भने ‘हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन । युनिलिभर नेपाल लिमिटेडको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीहरुको रहेको छ भनें बाँकी १५५ शेयर सर्वसाधारणहरुको रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL