Logo

Global_Ime

६ बर्षदेखि अलपत्र १ अर्ब ८० करोडको जलविद्युत आयोजना अघि बढ्दै, उद्योग विभागमा लगानीको प्रस्ताव

६ बर्षदेखि अलपत्र १ अर्ब ८० करोडको जलविद्युत आयोजना अघि बढ्दै, उद्योग विभागमा लगानीको प्रस्ताव



काठमाडौं । १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजनाका लागि लगानीको प्रस्ताव आएको छ । आयोजनाको प्रवद्र्धक सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेडले उद्योग विभागमा उक्त आयोजनाका लागि लगानी प्रस्ताव गरेको हो । कम्पनीले ईलामको रोङ गाउँपालिकाको रम्याङस्थित सिद्धिखोलामा आयोजनास्थल रहनेगरी कुल १ अर्ब ८० करोड १७ लाख रुपैयाँ लगानीको प्रस्ताव गरेको हो ।

Laxmi_sunrise
Kumari

यसअघि ६ बर्ष अघि अर्थात विसं २०७४ सालमै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भईसकेको उक्त आयोजनाको २०७६ सालमा निर्माण अघि बढाईएको थियो । त्यसैबेला दुई बैंक प्राइम कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले आधा–आधा (एक अर्ब २७ करोड रुपैयाँ) लगानी गर्ने पनि तय भईसकेको थियो ।

त्यसैबेला दुई बैंकले लगानी गरिसकेपछि बाँकी रहेको लागत रकम भने लगानीकर्ताबाटै गर्ने बताईएको थियो । तर, त्यसैबेला देखिएको आन्तरिक किचलोले हालसम्म आयोजना अलपत्र जस्तै छ । आयोजनाका सेयर लगानीकर्ताहरुको आन्तरिक किचलोका कारण लगानी गर्ने सम्झौता गरिसकेका बैंकले पनि सम्झौता तोडे । त्यसैबेला आयोजनासम्म पुग्ने पहुँचमार्गका कारण पहिरो आएपछि सम्बन्धित स्थानीय तहले बखेडा झिक्यो । यतिमात्रै होईन आयोजनाको निर्माण अघि बढाउने काम सुरु हुँदै गर्दा कोरोना महामारी फैलियो । यी सबैका कारण आयोजना पछिल्लो ४ बर्षदेखि अलपत्र जस्तै थियो ।

अब भने आयोजनाले नयाँ लगानीकर्ता खोज्ने, भएकै लगानीकर्तालाई व्यवस्थित गर्ने र नयाँ तरिकाले आयोजना अघि बढाउने कार्य सुरु गरेको आयोजनाका एक लगानीकर्ताले बताए । ‘केहि विशेष कारणले भद्रगोलजस्तै भएको आयोजना अब लयमा आउने बाटो खोज्दैछ,’ उनले भने, ‘आयोजनाको काम अघि बढाउन तिव्रत्तर काम भईरहेको छ, दशैंपछि यसैका लागि केहि निर्णयहरु हुनेछन् ।’ उनले यसैअनुरुप आयोजना उद्योगमा दर्ता भएर अघि बढ्न लागेको बताए ।

आयोजना बन्ने सिद्धि खोलामा २३ मिटर लामो बाँध बाँधेर जलविद्युत आयोजना सञ्चालन गर्ने तयारी भएको छ । जलविद्युत आयोजनालाई १६ किमि लामो ३३ केभी प्रसारण लाइन निर्माण गरि नेपाल विद्युत प्राधिकरणको फिक्कल सव स्टेशनमा जडान गरिने योजना रहेको आयोजनाले जानकारी दिएको छ । उक्त आयोजनाले वार्षिक ५५.७१ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । आयोजनामा २५ जनाले रोजगारी पाउने बताईएको छ ।

२०७७ साउन अन्तिममा जलविद्युत आयोजना निर्माण पूरा गर्ने लक्ष्य लिईएपनि त्यसैबेला आएको कोरोना महामारीका कारण आयोजनाको निर्माण लम्बिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC