Logo

चेम्बर प्रतिनिधि र दक्षिण कोरियाली राजदूतबीच भेट, नेपालमा लगानी गर्न

चेम्बर प्रतिनिधि र दक्षिण कोरियाली राजदूतबीच भेट, नेपालमा लगानी गर्न



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन् ।

laxmi

अध्यक्ष मल्लले भने, ‘दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ५० बर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ, ।’

उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसंग आग्रह गरे । भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युतको उच्च माग रहेको भन्दै उहा“ले लगानी प्रतिफलको सुनिश्चितता समेत गरे ।

दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए । उनले भने, ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधी बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ । ’

अध्यक्ष मल्लले घरेलु, हस्तकला लगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न समेत राजदूत पार्कलाई आग्रह गरेका छन् । सेवा क्ष्ँेत्र, पर्यटन, कृषि लगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्व ८१ करोड रुपैया लगानी गरेको छ । जसबाट १२ हजार भन्दा बढीले रोजगारी पाएका छन । यस्तै कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन ।

चेम्बरको स्वागत पछि नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसंगको कुटनीतिक र आर्थिक सम्वन्धलाई थप बलियो बनाउने प्रतिवद्धता जनाए । उनले भने, ‘नेपाल र कोरियाको सम्वन्ध आगामी बर्ष ५० औं बर्षमा पुग्दैछ, ।’

नागरिक नागरिकबीचको सम्वन्धलाई अझ दिगो बनाउन आफुले भूमिका निर्वाह गर्ने पार्कले बताए । नेपालमा उत्पादन हुने सवै वस्तुहरु वातावरण मैत्री भएको भन्दै राजदूतले यहा“ उत्पादित बस्तुहरु आफ्नो मुलुक भित्र्याउनका लागि पहल गर्ने समेत बताएका छन् ।

दुई मुलुकबीच एक अर्कालाई थप चिन्नका लागि ५० औं वर्षगाँठका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम गर्न आफुले पहल गर्ने राजदूत पार्कले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL