Logo

पुँजी बजार फोरम विस्तार, समेटिए महिला उद्यमीदेखि उर्जा र मिडिया उद्यमीसम्म

पुँजी बजार फोरम विस्तार, समेटिए महिला उद्यमीदेखि उर्जा र मिडिया उद्यमीसम्म



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरम विस्तार भएको छ । महासंघका कार्यकारिणी समिति सदस्य शैलेन्द्र गुरागाईँको सभापतित्वमा १५ सदस्यीय कार्यसमितिसहित उक्त फोरम विस्तार भएको हो ।

laxmi

फोरमको उपसभापतिमा धर्मराज सापकोटा र विजयलाल श्रेष्ठ चयन भएका छन् ।

यस्तै फोरमको सदस्यमा सागर ढकाल, रमेश कुँवर, भरत बहादुर खत्री, तुल्सीराम ढकाल र घनश्याम पौडेल नियुक्त भएका छन् ।

यस्तै फोरमको आमन्त्रित सदस्यमा सन्तोष पौडेल, भिष्म राज चालिसे, सृजना सुवेदी, प्रकाश भुषाल, सन्तोष राज नेपाल, केशव प्रसाद भण्डारी र सरीता विष्ट छन् । यस्तै फोरमको सल्लाहकारमा आत्माराम घिमिरे र भरत रानाभाट छन् ।

समितिमा समेटिएका मध्ये सृजना सुवेदी विगत १६ बर्षदेखि पुँजीबजारको विस्तार र विकासमा सक्रिय लगानीकर्ता हुन् । उनी अपर तामाकोशी जलविद्युत कम्पनीको संचालक हुन् भने यसअघि अजोड इन्स्यारेन्सका संचालक थिए ।

यसैगरी मिडिया उद्यमी इन्स्योरेन्स खबरका संचालक केशव भण्डारी एक दशकदेखि पुँजीबजारमा संलग्न छन् । हाल उनी पीपुल्स हाइड्रोपावरका संचालक हुन् भने यसअघि कामना सेवा विकास बैंक र महुली लघुवित्त वित्तीय संस्थाका संचालक भईसकेका छन् ।

यसैगरी फोरमका सदस्य सन्तोष राज नेपाल समृद्धि इनर्जी र पीपुल्स पावरका संचालक हुन् । उर्जा उद्यमी नेपाल पुँजीबजार विकासमा एक दशकदेखि सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL