Logo

नेपालमा संचालित ३१ कम्पनीले चोरे विदेशी कम्पनीको ट्रेडमार्क, ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन

नेपालमा संचालित ३१ कम्पनीले चोरे विदेशी कम्पनीको ट्रेडमार्क, ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन



काठमाडौं । नेपालमा संचालित ३१ कम्पनीहरुले विदेशी कम्पनीको ट्रेडमार्क नक्कल गरेको पाईएको छ । उद्योग विभागले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ३१ उद्योगले विदेशी ट्रेडमार्क चोरी गरी प्रयोग गरिरहेको बताएको हो ।

laxmi

उक्त कम्पनीविरुद्ध उद्योग विभागमा उजुरी आएपछि विभागले ७ दिने म्याद राखेर प्रत्येक कम्पनीलाई सूचना पठाईएको थियो । तर, हालसम्म पनि उक्त सूचनाको जवाफ नदिएका कारण दोस्रोपटक सार्वजनिक सूचना जारी गरिएको हो ।

विदेशी कम्पनीको ट्रेडमार्क चोर्नेमो युनिलिभर, किंग्सवुड कलर, चीनको डोंगुवान, बायोटिक हर्वल, गाम अप, सुर्य फूडलगायतका कम्पनी छन् । अबको ७ दिनमा पनि अझै उक्त सूचनाको बेवास्ता गरे त्यसपछिको उजुरी नलाग्ने र कानुन अनुसार कारबाही हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL