Logo

तयारी पोशाक संघले भेट्यो अर्थ र उद्योगमन्त्री, २४ बुँदे माग प्रस्तुत

तयारी पोशाक संघले भेट्यो अर्थ र उद्योगमन्त्री, २४ बुँदे माग प्रस्तुत



काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघ (गार्मेन्ट एसोसिएसन)का प्रतिनिधिहरुले अर्थमन्त्री र उद्योगमन्त्रीलाई भेटेर विभिन्न मागहरु राखेको छन् । बिहीबार दुबैजना मन्त्रीहरुलाई बधाई दिने छुट्टाछुट्टै भेटघाटमा संघका अध्यक्ष पशुपति देव पाण्डेसहितका प्रतिनिधिहरूले आफ्ना मागहरु राखेका हुन् ।

laxmi

संघले तयारी पोशाक उत्पादन तथा निर्यातलाई राष्ट्रिय प्राथमिकतामा राखी देशको अर्थतन्त्रलाई मजबुत गराउन महत्वपूर्ण भूमिका खेल्न दुबैजना मन्त्रीलाई आग्रह गरेको छ ।

नेपालमा सन् १९८० को दशक उप्रान्त स्थापना भएको नेपाली तयारी पोशाक उद्योगद्वारा सन् २००१/०२ मा करीब ४० करोड अमेरिकी डलर बराबरको तयारी पोशाक निर्यात गर्न सफल भई विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख उद्योगको रुपमा स्थान ओगट्न सफल भएको थियो ।

सन् २००५ सम्ममा संयुक्त राज्य अमेरिकी सरकारसँगको मल्टी फाईबर एग्रिमेन्ट को समाप्ति भई कोटा प्रणालीको अन्त्य भएबाट ओरालो लाग्न शुरु भएको तत्कालिन समयमा ६.५ अर्व लगानी भएको यस उद्योगका प्राय जसो पूर्व स्थापित उद्योगहरु बन्द भईसकेको कुरा संघले मन्त्रीसमक्ष राखेको छ । यस्तै संघले यो उद्योगमा लगानी भएका रकममा क्षति पुग्न जानुका साथै लाखौं श्रमिकले रोजगारी गुमाएबाट नेपाली तयारी पोशाक उद्योगको निर्यात वर्तमान समयमा ५ करोड अमेरिकी डलरको हाराहारीमा सीमित भएको जानकारी दिएको छ ।

हाल नेपालमा करिब १०० को हाराहारीमा मात्र उद्योग सञ्चालन रहेको र करिव १० हजार हजार श्रमिकले मात्र रोजगारी पाएको संघको भनाई छ ।

विशेषतः सामुद्रिक बन्दरगाहसंग पहुँचको अभाव, चर्को हवाई एवं स्थल कार्गो दर, तुलनात्मक रुपले उच्च श्रमिक लागत, बैंकहरुको चर्को व्याजदर आदिका कारण छिमेकी मुलुकको दाँजोमा हाम्रो तयारी माल वस्तु समान गुणस्तरको रहँदा रहँदै उत्पादनको लागत पनि उच्च भई छिमेकी मुलुकको दाँजोमा मुल्य बढ्नुको कारणले न्युन प्रतिस्पर्धात्मक भई न्युन उत्पादन क्षमतामा सञ्चालन भई आएको छ ।

यस्तै संघले नगद अनुदानको झन्झटिलो प्रक्रिया हटाउनुपर्ने, सहुलियतपुर्ण कर्जाको व्यवस्था गर्नुपर्ने, तयारी पोशाकको व्यापार बढाउन सहयोग गर्नुपर्नेलगायत २४ ओटा मागहरु राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL