Logo

नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोडको महासंघद्वारा निन्दा, दोषीलाई तत्काल कारवाही गर्न माग

नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोडको महासंघद्वारा निन्दा, दोषीलाई तत्काल कारवाही गर्न माग



काठमाडौं । गत सोमबार काठमाडौंको नयां बसपार्क क्षेत्रमा भएको प्रदर्शनका क्रममा भएको तोडफोडप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले ध्यानाकर्षण गराएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले त्यसदिन व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड एवं लुटपाटका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो । यस्तै महासंघले त्यस्ता कार्यको घोर निन्दा एवं भत्र्सना गर्ने जानकारी दिएको छ ।

laxmi

‘लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जति अधिकार छ त्यतिनै जनताले आफ्नो जीउ धन र सम्पत्तिको सुरक्षा गर्न पाउने अधिकार पनि छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु सोभनिय होइन र त्यो कानूनी राज्यमा दण्डनीय हुनुपर्छ ।’

कुनै पनि विरोधका आडमा जवरजस्ती कानून हातमा लिई हुने यस्ता घटनालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने महासंघको भनाई छ । यस्ता क्रियाकलापमा राज्यले विशेष निगरानी नराखे यस्ता घटना नदोहोरिएलान भन्न नसकिने महासंघको ठहर छ ।

अतः उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कारवाही हुनुुपर्ने माग महासंघले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL