Logo

GBIME

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान संचालन

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान संचालन



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही माघ २३ गते देखि फाल्गुन १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

Laxmi

पुनर्जागरण अभियान अन्तर्गत दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखको हकमा मात्र लागू हुने र बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनै पनि बीमालेख व्यतित रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नु पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न ग्राहकवर्गलाई अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । अतः यसै कुरालाई मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC