Logo

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक, ग्राहकले पाउनेछन यस्ता सुविधा

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक, ग्राहकले पाउनेछन यस्ता सुविधा



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरे ।

laxmi

सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग आफ्ना ग्राहक तथा अभिकर्ताहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

जसअनुसार माघ महिनाभरि बीमा शुल्कको नवीकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरूलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कुरा कम्पनीले जनाएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एक जना भाग्यशाली विजेतालाई ईयरबड प्रदान गरिने छ । त्यसै गरी पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्ने सम्पूर्णलाई रु १०० क्यास व्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइ.पी.एस, आई एम ईपे र प्रभुपे सँग सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL