Logo

सबैभन्दा बढी आयकर दाखिला गर्ने अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस सम्मानित

सबैभन्दा बढी आयकर दाखिला गर्ने अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस सम्मानित



काठमाडौं । आन्तरिक राजस्व कार्यालय, बालाजुले आर्थिक वर्ष २०७७र२०७८ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रालिलाई आन्तरिक राजस्व कार्यालय, बालाजुले सम्मान गरेको छ ।

आय वर्ष २०७७र२०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुले कदर स्वरुप सम्मान–पत्र प्रदान गरेको छ ।

बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । झन्झटमुक्त सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL