Logo

दसैंँ–तिहारमा स्काइवर्थको अफर : ‘क्यासब्याक दनादन, उपहार टनाटन’

दसैंँ–तिहारमा स्काइवर्थको अफर : ‘क्यासब्याक दनादन, उपहार टनाटन’



काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा ‘क्यासब्याक दनादन, उपहार टनाटन’ अफर सार्वजनिक गरेको छ ।

यो क्याम्पेनअन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

विगत ५ वर्षदेखि स्काइवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाइरहेको छ र देशभरका उपभोक्ताको शीर्ष रोजाई बन्दै आइरहेको छ । स्काइवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।

स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ । ग्राहकले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL