Logo

सामसङका टेलिभिजन अब नेपालमै बन्ने, सामसङ र हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमा टेलिभिजन उद्योग स्थापना

सामसङका टेलिभिजन अब नेपालमै बन्ने, सामसङ र हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमा टेलिभिजन उद्योग स्थापना



काठमाडौं । सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ । परम्परागत धार्मिक विधि अनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास कार्य सम्पन्न गरिएको छ । सो समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीईओ एचके पार्कको उपस्थिति रहेको थियो ।

laxmi

यसैगरी समारोहमा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समुहका अध्यक्ष र प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ्ग दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङ, दक्षिण कोरीयाका राजदूत पार्क चोँग सुकलगायतको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले भने, “हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससंग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनता प्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाउनु भएको बढ्दो विश्वास एवं मायाको प्रतिक हो । हामीे नेपाल सरकार र स्थानीय निकायहरुलाई वहाँहरुले दिनु भएको साथ सहयोगको लागि आभार व्यक्त गर्दछौं ।”

सोही समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोल्छाले भने, ‘यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ । कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससंगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ । यो हाम्रो सामसङसंगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ।’

कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो र आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL