GBIME

प्रभु क्यापिटलले ल्यायो ग्राहकका लागि विशेष अफर, विभिन्न स्थानमा छुट


बिजखबर संवाददाता
17 August, 2022 8:41 am

prabhu-captial

काठमाडौं । प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । मंगलबार क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता भएको छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।

NLIC
Lamxi_bank

यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउन या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा ‘प्रभुक्याप१०’ उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ । यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्तरगत रोड हाउस पिज्जा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्ने जनाएको छ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL