Logo

वाई सिरिजअन्तर्गत–वाई ५५ सार्वजनिक गर्ने तयारीमा भिभो, यस्ता छन् विशेषता

वाई सिरिजअन्तर्गत–वाई ५५ सार्वजनिक गर्ने तयारीमा भिभो, यस्ता छन् विशेषता



काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई ५५ असार ११ गते सार्वजनिक गर्ने घोषणा गरेको छ ।

laxmi

वाई ५५ मा ५००० एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिने कम्पनीले जनाएको छ । साथै, यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प सक्ने कम्पनीको विश्वास छ ।

शक्तिशाली पर्फमेन्शका लागि वाई ५५ मा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । यसले बहु–कार्यलाई सजिलो बनाउनेछ । यसबाहेक, यस उपकरणलाई थप उपयुक्त बनाउन, भिभोले रियर फिंगरप्रिन्ट स्क्यानरको सट्टा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ ।

यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र रुप–रंग बढाउँछ र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फोनमा ५० एमपी एचडी रियर क्यामेरा तथा १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ, जसबाट आर्कषक फोटोहरु लिन सकिन्छ । साथै यसले फोटोग्राफीको अनुभवलाई वृद्धि गर्नेछ । यो फोनको मूल्य भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL