Logo

पुर्वमा वाइ वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को लागि विधालयहरूमा एक्टिभेशन कार्यक्रम

पुर्वमा वाइ वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को लागि विधालयहरूमा एक्टिभेशन कार्यक्रम



काठमाडौँ । नेपालको पुर्वेली क्षेत्रमा भद्रपूर, कांकडभिट्टा, फिक्कल, धरान, विराटनगर लगायत विभिन्न शहरमा वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे जानकारी साझा गर्नको निम्ति विधालयहरूमा एक्टिभेशन कार्यक्रम भईरहेको छ ।

यस कार्यक्रम मार्फत लगभग ११० भन्दा बढी बिद्यालय र ८ हजार बढी किशोर किशोरीहरूलाई वाई वाइ ग्लोकल टिन हिरोको बारेमा जानकारी गराईने छ ।

‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ ।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । वाई वाई ग्लोकल टीन हीरो नेपाल को आठौं संस्करणकालागि आवेदन खुलेको छ ।

प्रतिभावान किशोर किशोरीहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आवेदन भर्न सक्ने छन् । यसबाहेक, तपाईंहरुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नेछ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL