Logo

बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर उपहारको वर्षा’ योजना, बम्परमा रोयल एनफिल्ड बुलेट

बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर उपहारको वर्षा’ योजना, बम्परमा रोयल एनफिल्ड बुलेट



काठमाडौं । बर्जर पेन्ट्स नेपालले ‘बर्जर उपहारको वर्षा २०७९’ योजना सार्वजनिक गरेको छ । बर्जर पेन्टस्ले जेठ १ गतेदेखि प्रि–मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ ल्याएको हो ।

यस योजना अन्तर्गत ७५ हजार रुपैयाँ बराबरको बर्जर पेन्टस्को कुनैपनि इमल्सन उत्पादनहरु खरिद गरेमा ग्राहकले स्योर सट पुरस्कार जित्न सक्ने छन् । ‘लक्की ड्र’मार्पmत एक भाग्यशाली विजेताले बम्परमा रोयल एनफिल्ड बुलेटको जित्न सक्ने छन् ।

अन्य बम्पर पुरस्कारमा सीजी ४३ इन्च टिभी, सामसुङ ७.५ केजी टप लोडिङ वाशिङ मेसिन, भिडियोकन १९० लिटर फ्रिज र सिजी भ्याकुम क्लिनरहरु छन् । यो योजना बर्जरको वेदरकोट लंग लाईफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्फ सिल्क ब्रिथ इजीमा लागू हुने छ ।

यस्तै, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लीन फ्रेस, इजी क्लीन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाईट इमल्सनमा समेत लागू हुने कम्पनीले बताएको छ । बर्जर पेन्ट्सले सदैव आफ्ना उपभोक्ताहरूको आवश्यकता प्रति प्रतिबद्ध रही उपभोक्ताहरूको सन्तुष्टिलाई ध्यानमा राखी वातावरण मैत्री बाहिरी तथा भित्री उत्पादनहरु उपलब्ध गराई रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL