GBIME

यती एयरलाइन्स र पठाओबीच सम्झौता, एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट


बिजखबर संवाददाता
11 January, 2022 10:24 am

pathao-N-yeti

काठमाडौँ । लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका छन् ।

Laxmi
NABIL
Yamaha

सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी)मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्ने जनाएको छ । यो अफर सोमबारैबाट लागू भएको छ ।

काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्य सम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठा ओले संयुक्त सहकार्यमा सहज यात्रा अफर ल्याएका हुन् ।

sarbottam

हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उद्देश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यति एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

NTC
MBL