GBIME

सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके प्रालि, ‘केमिकल पिग्मेन्ट’को बजारीकरणमा समझदारी


बिजखबर संवाददाता
6 January, 2022 9:19 am

sudarshan chemichals

काठमाडौं । एसके प्रालिले भारतको सुदर्शन केमिकल इण्डस्टिजसँग च्यानल पार्टनरको रुपमा काम गर्ने भएको छ । हालै राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच दुई कम्पनीबीच व्यवसायिक सहकार्य गर्ने सम्बधमा सहमतिमा हस्ताक्षर भएको हो ।

NLIC
LAXMI

उक्त सहमतिअनुरुप एसकेले प्लाष्टिक अद्योगहरुका लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट’को बजारीकरणका साथै वितरणको काम समेत गर्नेछ । ‘पिग्मेन्ट’ प्लाष्टिकजन्य विभिन्न सामाग्रीको उत्पादन गर्दा विशेष रंग थप्न आवश्यक पर्दछ ।

यो सहमतिपछि अब एसकेले आफ्ना स्थानीय स्तरका गोदामहरुबाट सहज रुपमा केमिकल पिग्मेन्ट उपलब्ध गराउनेछ । यो कार्यले ग्राहकहरुमा पर्ने व्यवस्थापनको दवाब र कार्यशील पूँजी लगायतमा समेत सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सुदर्शन इण्डियाले विगत ६० वर्षभन्दा बढी समयदेखि उच्च गुणस्तरका अर्गानिक र इन–अर्गानिक पिग्मेन्ट र इफेक्ट पिग्मेन्टहरु उत्पादन गर्दै आइरहेको छ । यस्ता पिग्मेन्टहरु प्लाष्टिक, कोटिङ्ग्स, सौन्दर्य प्रसाधन र विशेष उद्योगका उत्पादनहरुमा प्रयोग हुँदै आएको छ ।

सुदर्शन इण्डियाको सेल्स यूनिटका डेपुटी जनरल म्यानेजर कुशल चक्रवतीका अनुसार सुदर्शन केमिकल विश्वको तेस्रो ठूलो पिग्मेन्ट कम्पनीको रुपमा चिनिन्छ । बिगत ४० वर्षदेखि वितरकको रुपमा काम गर्दै आइरहेको एसके प्रालि प्लाष्टिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थ, रसायन र मेसिनरी आपूर्तिका लागि ‘टिबरेवाला’को नामले परिचित छ ।

सुदर्शनसँग च्यानल पार्टनरको रुपमा काम गर्न पाउँदा आफूहरु उत्साहित भएको एसके प्रालिका कार्यकारी निर्देशक एलएन सिंहले बताए । उनका अनुसार यो सहमतिले ग्राहकको सन्तुष्टि बढाउन थप मद्धत पुग्नेछ । साथै, कम्पनीले निकट भविष्यमा नै स्थानीय स्तरमा बिक्री केन्द्रहरु खोलेर गुणस्तरीय सेवा समेत दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL