Logo

भायानेटको ‘मिनी इन्टरनेट प्लान’ सार्वजनिक, ७५ एमबीपीएसको इन्टरनेट प्रतिमहिना ८०० रुपैयाँमा

भायानेटको ‘मिनी इन्टरनेट प्लान’ सार्वजनिक, ७५ एमबीपीएसको इन्टरनेट प्रतिमहिना ८०० रुपैयाँमा



काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२२ उपलक्ष्यमा इन्टरनेट सेवाप्रदायक भायानेटले ‘मिनी इन्टरनेट प्लान’ सार्वजनिक गरेको छ । थोरै इन्टरनेट प्रयोग हुने घरहरूमा सुपरफाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्ने भायानेटले जानकारी दिएको हो । ८०० रुपैयाँ प्रतिमहिना तिर्नेगरी मिनीप्याक–७५ लिने ग्राहकहरूले ७५ एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने भएका हुन् ।

यो योजना लिँदा नयाँ वष अफरअन्तर्गत भायानेटले एनसेल सीम पनि निःशुल्क उपलब्ध गराउनेछ । सीम लिएका ग्राहकहरूले प्रत्येक महिना चार जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउने भायानेटले जनाएको छ । यो सीमबाट ग्राहकहरूले अन्य एनसेल नम्बरमा कल गर्न मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको एक जीबी थप निःशुल्क मोबाइल डाटालगायत उत्कृष्ट र उपयोगी सुविधाहरू पनि पाउनेछन् ।

भायानेटले दुई हप्ता अघिमात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरू पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो । यस अल्ट्राफाई प्रोडक्ट लाइनहरूको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र १२५० प्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै दुईवटासम्म भायाटिभीे प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।

मिनी इन्टरनेट प्रोडक्ट लाइनका साथ भायानेटले आम जनमानस मात्र नभई उच्च स्पीड इन्टरनेट चाहिने तर कम इन्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकता पूरा गर्ने भायानेटले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL