Logo

तीन महिनामा १ खर्ब ५६ अर्बको लगानी प्रतिवद्धता, वैदेशिक लगानी कति भित्रियो ?

तीन महिनामा १ खर्ब ५६ अर्बको लगानी प्रतिवद्धता, वैदेशिक लगानी कति भित्रियो ?



काठमाडौं । पछिल्लो ३ महिनामा नेपालको उद्योग क्षेत्रमा १ खर्ब ५६ अर्ब रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले चालु आवको पहिलो त्रैमासको तथ्यांक सार्वजनिक गर्दै नेपालमा स्वदेशीतर्फ १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको जानकारी दिएको हो ।

विभागका अनुसार यस अवधिमा नेपालमा वैदेशिक लगानीमार्फत भने २४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो गत आर्थिक बर्षको पहिलो त्रैमासिकको तुलनामा ५ अर्बले बढि हो । गत आवको पहिलो त्रैमासिकसम्म नेपालमा जम्मा १९ अर्ब ३९ करोड रुपैयाँ बराबरको बैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।
यो बर्ष

स्वदेशीतर्फ विभिन्न ८७ ओटा उद्योगमार्फत आएको लगानीले ८ हजार १ सय ३४ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ भने विदेशी लगानीमार्फत भने ७ हजार १ सय ९५ जनाले रोजगारी पाउने बताइएको छ ।

विभागका अनुसार पछिल्लो ३ महिनामा आएको प्रतिवद्धताअन्तर्गत २६ ठूला, ३४ ओटा मझौला र २६ ओटा साना उद्योगहरु रहेका छन् । पछिल्लो ३ महिनामा विभागले विभिन्न ५४ ओटा ट्रेडमार्कसम्बन्धी मुद्धामा कारबाही गरेको जानकारी दिएको छ । यस्तै पछिल्लो ३ महिनामा विभागमा ५ ओटा डिजाइन र ९१० ओटा ट्रेडमार्क दर्ता भएका छन् ।

विभागका अनुसार विभागले पछिल्लो ३ महिनामा मात्रै पहिलो त्रैमासको लक्ष्यको ९८ प्रतिशत बजेट खर्च गरिसकेको छ । विभागले पहिलो त्रैमासका लागि भन्नै २१ करोड ८७ लाख रुपैयाँ विनियोजन गरेकोमा हालसम्म त्यसको ९८ दशमलव ०६ प्रतिशत अर्थात २१ करोड ४५ लाख रुपैयाँ खर्च गरिसकेको छ । विभागले पछिल्लो ३ महिनामा निर्यातमा नगद अनुदानका लागि मात्रै २० करोड रुपैयाँ खर्च भएकाले खर्च बढेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL