Logo

रियलमी टेक लाइफ इकोसिस्टम ‘डीजो’का ४ वटा प्रमुख उत्पादनहरु नेपाली बजारमा

रियलमी टेक लाइफ इकोसिस्टम ‘डीजो’का ४ वटा प्रमुख उत्पादनहरु नेपाली बजारमा



काठमाडौं । रियलमी टेक लाइफ इकोसिस्टम डीजोको पहिलो ब्रान्ड नेपालमा उपलब्ध भएको छ । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एकमात्र वितरक घोषणा गर्दै ४ वटा प्रमुख उत्पादनहरु नेपाली बजारमा ल्याएको हो । डीजोको स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरु छन् ।

laxmi

डीजो रियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउने कम्पनीले जनाएको छ । जुन औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्ससँग जोडिएको छ ।

कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ । जसको डिजाइनमा प्रिमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । अर्को मोडल स्टार ५०० प्रिमियम डिजाइन २.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुई वटा सिमलाई सपोर्ट गर्दछ ।

एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ । डीजो स्टार ३०० को मूल्य २ हजार ७८, डीजो स्टार ५०० को मूल्य २ हजार ८७८, गो पड्सको मूल्य ६ हजार ६९, गो पड्स डीको मूल्य २ हजार ८९९ र स्मार्ट घडीको मूल्य ६ हजार ४६४ रहेको छ ।

यूरोपका नेपालीले टेरा पेको प्रयोग गरी सीटी एक्सप्रेसमार्फत पैसा पठाउन सक्ने
काठमाडौं । यूरोपको टेरा पेमेन्ट सर्भिस र सीटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ । यूरोपमा रहेका नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी यूरोप तथा ७९ अन्य देशहरुबाट सीटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
नेपालमा सीटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिने छ । सम्झौतामा सीटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेरा पेका संस्थापक एनि सानेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL