Logo

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा उपहार, आइफोन १२ जित्न सकिने

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा उपहार, आइफोन १२ जित्न सकिने



काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने भएको छ ।

बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यास ब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने पनि इसेवाले जनाएको छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सक्ने इसेवाले जनाएको छ । आइफोन विजेता गोला प्रथा माध्यमबाट छानिनेछ ।
आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ताभित्र शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको पनि इसेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL