Logo

हेरिटेज ग्रूपले ३० करोड लगानीमा संचालनमा ल्यायो चिया उद्योग, यूरोप र खाडि मुलुकमा निर्यात गरिने

हेरिटेज ग्रूपले ३० करोड लगानीमा संचालनमा ल्यायो चिया उद्योग, यूरोप र खाडि मुलुकमा निर्यात गरिने



काठमाडौं । हेरिटेज ग्रूपले ‘हेरिटेज टी’ उद्योग संचालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शीप विकास समितिका सभापति एवं हेरिटेज ग्रूपका कार्यकारी अध्यक्ष हेमराज ढकालले उक्त उद्योग संचालनमा ल्याएका हुन् ।

लामो समयदेखि चिया बगान संचालन गर्दै आएका ढकालले आजदेखि चिया उद्योग नै संचालनमा ल्याएका हुन् । यस अघि ढकालले झापामा १५० विगाहामा चिया बगान संचालन गर्दै आएका थिए । तर आफ्नै कम्पनीको ब्राण्डबाट विश्व बजारमा गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्य अनुरुप आजदेखि उद्योग नै संचालनमा ल्याइएको हेरिटेज ग्रूपका कार्यकारी अध्यक्ष हेमराज ढकालले जानकारी दिए । ‘यस अघि हामीले आफ्नो बगानको चियाको पत्ता अरुलाई बिक्री गर्दै आएका थियौं,’ उनले भने, ‘विश्व बजारमा नेपालको गुणस्तरीय चियाँ निर्यात गर्नेै लक्ष्य सहित आजदेखि हेरिटेज ग्रूपले आफ्नै चिया उद्योग संचालनमा ल्याएको छ ।’

ढकालका अनुसार उक्त उद्योगबाट तत्कालका लागि सिटिसी चिया मात्रै उत्पादन हुनेछ । तर केही समयभित्रै अर्थोडक्स टि समेत उत्पाद गरी निर्यात गरिने उनले जानकारी दिए । उक्त उद्योगबाट उत्पादित चियाँ तत्कालका लागि भारत, रसिया र खाडि मुलुकहरुमा निर्यात गरिने भएको छ । तर निकट भविश्यमै उक्त चिया युरोपेली बजारमा समेत निर्यात गरिने ढकालले जानकारी दिए ।

हेरिटेज ग्रूपले आफैले चिया उद्योग संचालनमा ल्याएसँगै उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुटाउन थप १५० विगाहमा रहेको अन्य चिया बगानहरुसँग पनि सहकार्य र साझेदारी गरेको जानकारी दिएको छ । आफ्नै चियाँ उद्योग र ठूलो परिमाणमा निर्यात गर्न सोही अनुरुपको चिया बगान चाहिने भएकाले थप १५० बिगाहाको बगानहरुसँग सहकार्य गरेर ल्याएर ३ सय बिगाहाको बगान बनाइएको समेत उनले जानकारी दिए । साथै उक्त चियालाई हेरिटेजको नाममा प्याकेजिङ र ब्राण्डिङ गरिने समेत उनले जानकारी दिए । ‘अहिलेपनि नेपाली चिया विदेशी बजारमा निर्यात भैरहेको छ तर सोचे अनुरुप अन्तरराष्ट्रिय बजारमा पहुँच पुर्याउन सकेको छैन,’ ढकालले भने, ‘हामीले गुणस्तरीय चियालाई ठूलो परिमाणमा युरोपको बजारमा निर्यात गर्ने लक्ष्य सहित हेरिटेज ब्राण्डबाट उद्योग संचालनमा ल्याएका हौं ।’

सुरुवाती चरणमा कम्पनीबाट बार्षिक १० लाख किलोग्राम चिया उत्पादन हुने छ । तर निकट भनिश्यमै उत्पादन क्षमता बढाईने समेत ढकालले जानकारी दिए । नेपाली व्यवसायीक क्षेत्रमा सफल मानिएका ढकालले यस अघि हेरिटेज ग्रुप अन्तरगत कार्पेट, स्प्रिङ म्यार्टेस, क्वेयर म्यार्टेस, इपीई फर्म, नन ओभन कार्पेट उत्पादन गर्दै आएका छन् । साथै उनको ग्रूपले हेरिटेज ट्रेडिङमार्फत बजारमा फर्निचरका सामग्रीको समेत बिक्री विवतरण गर्दै आएको छ । सामाजिक कार्यमा समेत सक्रिय ढकालले नेपालमा फैलिएको कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणको लागि महासंघ अन्तरगतको स्वास्थ्य समितिको सभापतिको रुपमा ठूलो योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL