Logo

यूनाइटेड सिमेन्ट्सको गुणस्तरमा फड्को, प्राप्त गर्यो ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र

यूनाइटेड सिमेन्ट्सको गुणस्तरमा फड्को, प्राप्त गर्यो ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र



काठमाडौँ । यूनाइटेड सिमेन्ट्स प्रालि द्वारा उत्पादित यूनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ ।

laxmi

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो । यो दर्जा प्राप्त गरेसँगै यूनाइटेड सिमेन्ट्सले  गुणस्तरमा ठुलो फड्को मारेको छ ।

५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो । नेपालमा मात्र नभई विदेशका ठुला ठुला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुदै आएको छ । पारिवारिक घर निर्माण सहित गगन चुम्बी महल देखि, हाइड्रो पावर ड्याम, टनेल, बिशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माण मा समेत यो सिमेन्ट ढुक्क संग प्रयोग गर्न सकिन्छ ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले बिगत ६ वर्ष देखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ । ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरे संगै आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने युनाइटेड सिमेन्ट्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL